सर्वोच्चले पेशी सरेको सरैं, एमडीरएमएस र एमडिएसका विद्यार्थीको अध्ययन अन्यौलमा

सर्वोच्च अदालतले समयमै सुनुवाइ नगर्दा एमडीरएमएस र एमडिएसका विद्यार्थीले अध्ययन अन्यौलमा परेको छ।

चिकित्सा शिक्षा आयोगविरुद्ध मेडिकल विद्याथीले नै दिएको रिट निवेदनमा सर्वोच्चले निर्णय नगर्दा विद्यार्थीको पढाई अन्योलमा परेको हो।

एमडीरएमएस र एमडीएस सहित विभिन्न विषयका गरी झण्डै ११ सय विद्यार्थीको अध्ययन सुचारू हुन सकेको छैन।

आयोगले दुर्गम ठाउँमा गएकोे भन्दै झुठो विवरण पेश गरेको भन्दै केही विद्यार्थीलाई मेरिट लिष्टबाट हटाएको थियो।

प्रवेश परीक्षा पास भइसकेपछि आफूहरुलाई मेरिट लिष्टबाट हटाउने कार्य गैरकानुनी भएको भन्दै उक्त विद्यार्थीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए।

सर्वोच्चले फागुन ४ गते मेरिट लिष्टबाट विद्यार्थीलाई हटाउन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्नु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्च यही आदेशका कारण आयोगले फागुन १४ गतेदेखि आयोगले स्नातकोत्तर तहको खुलातर्फको दोस्रो म्याचिङको कार्यक्रम स्थगित समेत गरेको थियो।

सर्वोच्चले फागुन २६ मा मुद्दालाई हेर्ने जनाएको थियो । तर, पछि पुन सो मुद्दालाई सर्वोच्चले चैत्र २ गते सारेको थियो। सर्वोच्चले अहिले सो मुद्दालाई हेर्दा हेर्दैमा राखेको आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीले बताए।

‘एमडीरएमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय कहिलेबाट हुन्छ भन्न सकिन्छ,’ डा. गिरीले भने, ‘ सर्वोच्चले हेर्दा हेर्दैमा राखेको छ।केही दिनमा सुनुवाई होला।’

अदालतको सुनुवाई भएपछि मात्रै अध्ययन सुरू हुने डा. गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय