कीर्ते गरी अस्पताल भवन निर्माणको ठेक्का लिएको आरोपमा एकजना पक्राउ

कीर्ते कागजात पेस गरी ठेक्का लिएको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले बुधबार भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई नेपाल काठमाडौंबाट पक्राउ गरेको हो।

उनले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा समितिको लेटर प्याड कीर्ते गरेको प्रहरीले जनाएको छ। निर्माण नै सुरु नगरेको बहुतल्ले अस्पताल भवनलाई ४३ करोड ३७ लाख ५५ हजार ९ सय रुपैयाँमा निर्माण सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको भनी कम्पनीले प्रमाणित गरेको नक्कली कागजात महर्जनले पेस गरेका थिए।

सिआइबीले कीर्ते गर्न प्रयोग भएका कम्युटर, सिपियू, ल्यापटप, गुम्बाको छाप, समितिको चलानी नम्बर, सहमतिपत्र-लगायत सामग्री बरामद गरको छ।

पक्राउ परेका महर्जनमाथि लिखतसम्बन्धी कसुरअन्तरगत मुद्दा चलाइने सिआइबीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय