ट्रमा सेन्टरमा सहयोग गर्नेलाई सम्मान

हेल्थपोस्ट नेपाल

राष्ट्रिय ट्रमा सेन्टरमा डाक्टर, नर्स, बिरामी तथा विरामी कुरुवाका लागि शुद्ध प्रशोधित पिउने पानीको व्यवस्था गरिएको छ। उपकार सेवा नेपालको सहयोगमा सेन्टरमा आरओ (रिभर्स ओसमोसिस सिस्टम) शुरु गरिएको हो।

बिरामी तथा कुरुवालाई खानेपानीको समस्या नहोस् भन्ने उद्धेश्यले सबै वार्ड, इर्मजेन्सी तथा आइसियु कोठाहरुमा पानी आउने धारा जडान गरिएको छ। ्

अनीलकुमार अग्रवालको सहयोगमा ५ देखि ७ सय लिटर पानी फिल्टर हुने मेसिन जडान गरिएको हाे।

अग्रवालले अस्पतालमा ह्वीलचियरको व्यवस्था गर्ने, विरामीहरुका लागि बेलुकाको खानाको व्यवस्था गर्ने, टाढाबाट आउनुपर्ने बिरामीका लागि बस्न मिल्ने भवन बनाउन जग्गा खरिद गरिदिने र एक थान डायलासिस मेसिन उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।

सेन्टरले एक कार्यक्रम आयोजना गरि अस्पताल तथा बिरामीहरुलाई सहयोग गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ।

 १८ लाख ६४ हजारर रुपैयाँ बराबरको भेन्टिलेटर मेसिन सहयोग गर्ने अञ्जु श्रेष्ठ  र लकडाउनको समय र हालसम्म बिरामीहरुलाई खाना खुवाउने तुलसीकुमार श्रेष्ठलाई सेन्टरले सम्मान गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *