सिभिलको ‘क्युआर कोड’ सेवा धनगढीको कृषि बजारमा

हेल्थपोस्ट नेपाल

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न ब्यापारीलाई ‘क्युआर कोड’ वितरण गरेको छ।

क्युआर कोड वितरण कार्यक्रममा नेपाल राष्ट्र बैंक धनगढी प्रमुख सुवासचन्द्र घिमिरे, बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर चन्द, सिभिलका सुदूरपश्चिम प्रदेश प्रमुख दीपक जोशी, शाखा प्रबन्धक सञ्जोग भट्ट, व्यवसायीलगायतको उपस्थिति थियो।

कार्यक्रममा राष्ट्र बैंक धनगढी प्रमुख घिमिरेले कोरोना महामारीमा आफूलाई जोगाउनमात्र नभई नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य रहेको बताए। नगदरहित अभियान प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी बनाउनुपर्ने उनको भनाइ  थियो।

ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युतीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएको र यसरी नै व्याापार–व्यवसायमा क्युआर कोडलाई अझ सशक्त रूपमा अगाडि लैजाने सिभिलका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले बताए।

१ सय १४ शाखा तथा सात एक्सटेन्सन काउन्टरमार्पmत करिब ५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको सिभिलले बैंकले ८१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *