कांग्रेस नेता जोशीको स्वास्थ्यबारे गतल समाचार सम्प्रेषण सञ्चारमाध्यमलाई कारबाही गरिने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत ५ गते १३:००

C

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यावस्थाबारे गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने भएको छ।

एक सूचना जरी गर्दै प्रेस काउन्सिल नेपालले नेता जोशीको स्वास्थ्यावस्थाबारे गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्ने जनाएको हो।

फागुन १३ गतेदेखि मस्तिष्काघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्यलाई लिएर बुधबार केही सञ्चार माध्यमले भ्रामक समाचार लेखेका थिए।

उक्त समाचारपछि अस्पतालले बिहान ७ बजे प्रेस विज्ञप्ति निकालेर जोशीको उपचार भेन्टिलेटरमा भइरहेको र सञ्चारमाध्यममा आएको समाचार गलत भएको जनाएको थियो।

जोशीको अहिले पनि नर्भिक अस्पतालको भेन्टिलेटरमै उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय