निमोनियाले ग्रस्त कांग्रेस नेता कोइरालाको निधन

नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको बुधबार राति निधन भएको छ। उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र नं. ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए।

कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका थिए।

७५ वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन्। उनको आज दिउँसो १ बजे शवयात्रा निकालिने र कांग्रेसको पार्टी कार्यालयमा एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम रहेको छ। आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा कोइरालाको अन्त्येष्टि हुनेछ।

अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, डा. डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी हुने रेग्मीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय