यसरी स्तनको आकार बढाउन सकिन्छ?

हेल्थपोस्ट नेपाल

हाम्रो समाजमा अझै सेक्सको खुलेर चर्चा हुँदैन। सेक्सलाई लिएर थुप्रै अफवाह फैलिने भएकाले यसबारे मानिस खुल्न चाहदैनन्।

यस्तै भ्रममा मानिसमा महिलाको स्तनलाई लिएर हुनेगरेको छ। महिलाको स्तनको साइज कसरी बढ्छ भन्ने बारे मानिसमा अनौठो भ्रम हुन्छ।

धेरैले स्तन दवाउँदा वा चुस्ता आकार बढ्ने बताउँछन्। के यो साँचो हो?

धेरै महिलाले यौन सम्बन्धका क्रममा स्तन छुन दिँदैनन्। किनकी उनीहरूमा स्तन दबाउँदा आकार ठूलो हुने धारणा हुन्छ।

एक अध्ययनका अनुसार यो भ्रम मात्रै हो। अहिलेसम्म स्तन दवाउँदा वा चुस्ता आकार बढ्ने खुलेको छैन।

कुनै महिला उत्तेजित हुँदा उनको स्तनमा रक्त सञ्चार बढ्छ। जसकारण त्यो बेला उनको स्तन अलि बढेको जस्तो हुन्छ। महिलाले बच्चालाई स्तनपान गराउने समयमा पनि स्तनको आकार बढेको हुन्छ।

तर, कुनै महिलाले श्रीमानले स्तन चुस्दा वा स्तन दबाउँदा आकार बढ्छ भन्ने ठान्छन् भने त्यो गलत हो। कुनै महिलाको स्तन बढ्नका लागि शरीरमा हर्मोन बिकास हुनुपर्छ।

महिलाहरूले स्तनको आकार बढाउनका लागि थुप्रै कोसिस गरिरहेका हुन्छन्। कतिपय प्रयास स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्छन्।

धेरै महिलाले स्तन बढाउन क्रिमहरू र औषधीको पनि प्रयोग गरिरहेका हुन्छन्। तर, यस्ता औषधीले स्वास्थ्यमा नकरात्मक असर गर्न सक्छन्।

यसरी जोखिपूर्ण हिसावले स्तनको आकार बढाउन खोज्दा स्तन क्यान्सरको जोखिम पनि बढ्छ। र, यस्तो अवस्थामा ज्यानै जानसक्छ।

त्यसै‍ले महिलाका स्तन दबाउँदा वा चुस्दा आकार बढ्दैन। यो एक भ्रम मात्रै हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *