महानगरका खोप केन्द्रबाट ४८ हजार ६८ ले लिए खोप, अर्को सूचना नआउन्जेल स्थगित

फागुन २३ गते सुरु भएको दोस्रो चरणको काेराेना खोप कार्यक्रम चैत ३ गते सकिएको छ। यस अवधिमा काठमाडौं महानगरका १४ वटा खोप केन्द्रबाट ४८ हजार ६८ जनाले खोप सेवा लिएका छन्।

दोस्रो चरणअन्तर्गत पहिलो प्राथमिकतामा ६५ वर्ष उमेर समूहभन्दा माथिका जेष्ठ नागरिकलाई राखिएको थियो ।

‘यस चरणको दोस्रो प्राथमिकतामा परेकाहरुका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भएपछि खोप लगाउने काम सुरु गर्नेछौँ,’ सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले भने।

कुँवरका अनुसार २५ हजार ३ सय २५ जना पुरुष र २२ हजार ७ सय ४३ जना महिलाले खोप लगाएका छन्।

तथ्याङक अनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७ सय १७ जनाले खाेप लगाएका छन्।

यस्तै ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिलबाट ३ हजार ९ सय ४८, वीर अस्पतालबाट ४ हजार ३ सय ७१, टिचिङ अस्पतालबाट ३ हजार ८ सय ४३, नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७ सय २०, हिमाल अस्पताल नक्सालबाट ३ हजार ७ सय ९, टेकु अस्पतालबाट ३ हजार २ सय ६९,  स्तुपा अस्पताल बौद्धबाट ३ हजार २ सय २ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएका छन्।

जनमैत्री अस्पतालबाट २ हजार ४ सय ४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६ सय १० जनाले खोप लगाए।

छत्रपाटी नि:शुल्क चिकित्सालयमा २ हजार ८ सय ४२, प्रसूति गृह थापाथलीबाट २ हजार ९ सय ९९ ले खोप लगाए। सबैभन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २ सय ६७ ले खोप लगाएका छन् ।

जेष्ठ नागरिकलाई खोपप्रति प्रोत्साहन गर्न महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोलीले खोप केन्द्रको अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रमुख शाक्यले सबैको पहुँचमा खोप सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए।

महानगरपालिकाले खोप केन्द्रमा बस्नका लागि कुर्सी, तातो र चिसो पानी, चिया, कुकिज, फलफूल र टेण्टको व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय