वरिष्ठ अधिवक्ता गीता पाठक अस्पताल भर्ना

वरिष्ठ अधिवक्ता गीता पाठक कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी छन्। काेरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनी सोमबार बलम्बुस्थित नेपाल एपिएफ अस्पताल  भर्ना भएकी हुन्।

खोकी तथा ज्वरोले सताएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

‘हाल खोकी नियन्त्रणमा आएको र ज्वरो कम गर्न लागि चिकित्सकहरुले दैनिक १५ देखि २० वटा इन्जेक्सन दिइरहेका छन्,’ पाठकले भनिन्।

प्रतिनिधिसभा विघटनमा परेको मुद्धामा एमिकस क्युरीका तर्फबाट उनले बहस गरेकी थिइन्।

केही दिन एता नेपाल बार काउन्सिलको मिटिङमा भाग लिएर आएपछि ज्वरो आउन थालेको र धेरै गार्हाे भएपछि कोरोना परीक्षण गराउँदा पोजिटिभ आएको उनले बताइन्।

‘खोकी कम भएको छ भने शरीरको तापक्रम बिस्तारै नियन्त्रणमा आउन थालेको छ। रगत पातलो बनाउन चिकित्सकहरुले औषधि दिएका छन् भने रिँगटा लाग्ने र स्वाद हराएको छ,’ उनले भनिन्।

कोरोना संक्रमण अहिले पनि भइरहेको हुँदा मानिसहरुलाई लार्पवाही नगर्न र मास्क अनिवार्य लगाउन उनले सुझाव दिएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय