कोरोना खोपको दोस्रो डोज कहिले?, यस्तो छ सरकारको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १४ देखि फागुन १० गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको छ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा तीन महिनापछि दिने निर्णय गरेको छ। सोही अनुरुप वैशाख ७ देखि ११ सम्म खोप दिने तयारी थालिएको हो।

दोस्रो प्राथमिकतामा परेका ५५ वर्ष देखि ६४ वर्षसम्मका व्यक्तिलाई पहिलो मात्रा खोप दिनका लागिपछि सूचना जारी गर्ने मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय