वीरका स्वास्थ्यकर्मीको गुनासो- हामीले समयमै तलव पाउँनै छोड्यौं

वीर अस्पतालका कर्मचारीले तलव नपाएको गुनासो गरेका छन्।

अस्पताल प्रशासनले तलव खुवाउनका लागि कुनै चासो नदेखाएको कर्मचारीहरूको आरोप लगाएका छ।

‘हामीले दिन रात काम गरिरहेका हुन्छौं,’ एक चिकित्सकले भने, ‘अस्पतालले समयमै तलव उपलब्ध गराउँदैन।’

समयमै तलव उपलब्ध गराउन नसक्दा आफूहरूको मनोबल घट्दै गएको उनले बताएका छन्।

‘अस्पतालको धेरै बेथित, अनियमिता छ। व्यवस्थापनको काम दिनहुँ बिग्रदै गएको छ,’ उनले भने, ‘राम्रो नेतृत्व नआएसम्म अस्पताल सुधार हुँदैन।’

वीरमा दैनिक दुई हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन्।

अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले १ महिनाको तलव रोकिएको बताइन्।

‘मैले नेतृत्व समालेको केही दिन मात्रै भयो। व्यवस्थापनको विषय बुझ्दै छु,’ डा. सापकोटाले भनिन्, ‘१ महिनाको तलव मेरो पनि आउन बाँकी नै छ।’

कोरोना महामारीका कारण सेवा अवरुद्ध भएकाले नियमित रूपमा तलव खुवाउन कठिनाई भएको हुनसक्ने डा. सापकोटाको भनाई छ।

‘के कारणले तलव रोकिएको हो। समस्याको समधान गरी चाडैं व्यवस्थापन गर्ने छु,’ सापकोटाले भनिन्।

उसो त वीरको नियमित तलव मात्रै होइन स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता पनि पाएका छैइनन्।

अस्पताल प्रशासनले मन्त्रालयबाट पैसा ल्याउने विभिन्न बहाना देखाएर अन्य शिर्षकमा खर्च गर्ने गरेको कर्मचारीको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय