मिडियामा आएका जोशीको मृत्युका खबरले मर्माहत बनाएको छ : आफन्त

मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेको कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था अहिले गम्भीर छ।

उनको अवस्था गम्भीर भएको र भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ।

तर, मिडियाले हल्लाको भरमा उनको निधनको खबर दिन हतार गरेका छन्। बिहानै केही ठूला अनलाइनले जोशीको मृत्यु भएको भन्दै समाचार प्रकाशित गरे।

मिडियाहरुको यस्तो संवेदनहिनताले आफूहरुलाई दुखित र मर्माहत बनाएको आफन्तले बताएका छन्।

नर्भिकमा जोशीको उपचारका लागि सहयोगीका रुपमा खटिएका जोशीका स्वकीय सचिवसमेत रहेका पुस्करराज पाण्डेले मिडियामा एकाबिहानै आएका खबरले आफूहरुलाई मर्माहत बनाएको बताए।

हेल्थपाेस्टसँग कुरा गर्दै उनले भने, ‘जनताको भरोसाका केन्द्र रहेका मिडियाहरुले यसरी कुरै नबुझि हल्लाका भरमा संवेदनहिनता प्रस्तुत गरेको र कसैको मृत्युको खबर दिन गरेको हतारोमा हामी दु:खी छौं।’

अवस्था गम्भीर रहेपनि उनको उपचार जारी रहेको पुष्टि पाण्डेले गरे।

यता, जोशीको उपचारमा संलग्न डा राजीव झाले हेल्थपाेस्टसँगको कुरामा अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार चलिरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय