कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

हेल्थपोष्ट
प्रकाशित
२०७७ चैत ४ गते ७:४२

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कघात भई उपचार गराइरहेका जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको अस्पतालले जानकारी दिएको छ।

फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो। आफैंले श्वासप्रश्वास गरेपछि केही दिन भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो। तर, अवस्था पुनः बिग्रिएपछि जोशीलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय