स्वास्थ्य मन्त्रालयले भन्यो– समायोजन सम्बन्धी काम भइरहेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन सम्बन्धी काम भइरहेको जनाएको छ।

२०७७ फागून १ देखि ०७७ फागुन मसान्तसम्म अनलाइन प्रणाली मार्फत प्राप्त भएका निवेदन उपर काम भइरहेको जनाकारी दिएको हो।

त्यसैगरी, समायोजन प्रयोजनका लागि कुनै पनि माध्यमबाट मन्त्रालयमा सम्पर्क गर्न नपर्ने मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवाका दुई हजार चार सय कर्मचारीले समायोजन मिलानका लागि निवेदन दिएका थिए ।

स्वास्थ्यले समायोजन नभएका, भएका र मिलान गर्न चाहने कर्मचारीसँग १ फागुनबाट निवेदन माग गरिसकेकामा म्याद थप गरेर फागुन मसान्त पुर्‍याइएको थियो ।

समायोजन मिलानका लागि मन्त्रालयले डा. रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।

प्राप्त निवेदनमाथि अध्ययन भइरहेको डा. पोखरेलले बताए।

‘सबै निवेदन प्राप्त भएको छ। हामीले प्राप्त निवेदन माथि अध्ययन गरिहेका छौं,’ डा. पोखरेलले भने।

उनका अनुसार स्थानीय तहमा समायोजन मिलान हुने कर्मचारीलाई पहिलो प्राथमिकतामा राखिइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय