मदनकृष्ण र हरिवशंले डा. गोविन्द केसीविरुद्ध अनसन बस्ने भन्नुभएको छ : दुर्गा प्रसाईं

झापास्थित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीविरुद्ध मह जोडीले अनसन बस्ने कुरा गरेको दावी गरेका छन्।

राजधानीमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै प्रसाईंले डा. केसी बिएन्डसीविरुद्ध उत्रिए मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यले अनसन बस्ने चेतावनी दिएको दावी गरे।

‘पहिला उहाँहरूले डा. केसीको समर्थन गर्नुभएको थियो। अस्पतालको संरचना देखेपछि डा. केसीले बिएन्डसीविरुद्ध उत्रिएको खण्डमा आफूहरू उहाँ विरुद्ध उत्रिने चेतावनी दिनुभएको छ,’ प्रसाईंले भने।

पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा काठमाडौंबाट झापा पुगेका पत्रकारले पनि आफूहरू भ्रममा रहेको बताएको उनको दावी थियो।

‘जति लेख्नुभयो। जानेर लेख्नुभयो, नजानेर लेख्नुभयो। भ्रममा पर्नुभयो,’ प्रसाईंले भने, ‘अब त्यो पवित्र चिजलाई नरोक्कौं। त्यो मन्दिर हो। त्यसलाई खेद्ने काम नगरौं।’

त्यसैगरी, प्रसाईंले बिएन्डसी मेडिकल कलेजले जसरी पनि सम्बन्धन पाउनुपर्ने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय