बिएन्डसीलाई सम्बन्ध दिन प्रधानमन्त्री सक्रिय, आजै केसीको पत्रकार सम्मेलन

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आज अपरान्ह ५:३० बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। सम्भवत: डा. केसीले सरकारले सम्बन्ध निर्णय गरे तत्काल अनसन बस्ने घोषणा गर्ने उनका सहयोगीहरूले बताएका छन्।

झापाको बिएन्डसी मेडिकल कलेजलाई अवैध सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बुधबार गर्ने तयार गरेको जानकारिपछि डा. केसीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

ओलीले सरकारी आयोगका पदेन सदस्यहरूको बहुमतको बलमा बिएन्डसीलाई सम्बन्धन दिने तयारी गरेका छन्।

चिकित्सा शिक्षा नियमावली अनुसार बिएन्सीको मनसाय पत्र नविकरण छैन।

यसअघि ओलीकै दबाबमा काठमाडौं विश्वविद्यालय र विपी कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिएन्डसीलाई सम्बन्धन दिन सम्झौतासमेत गरिसकेका छन्। विज्ञहरूले भने ऐन विपरित सम्बन्धन नदिन र धरान तथा पूर्वान्चन विश्व विद्यालयबीच सम्झौता गराएर सम्बन्धनको बाटो खोल्न सुझाव दिएका छन्।

One thought on “बिएन्डसीलाई सम्बन्ध दिन प्रधानमन्त्री सक्रिय, आजै केसीको पत्रकार सम्मेलन

  1. फेरी !!!
    ” बिएन्डसीलाई जबरजस्ती सम्बन्ध दिए तत्काल सत्याग्रह सुरु गर्छु ”
    “ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मेडिकल माफियाहरूको संरक्षण गर्ने काम भइरहेको आरोप लगाएका छन्।“
    we believe this is pure malignant grandiose Narcissism narcissists !!!!
    ओह, वाह, कस्तो प्रकारको दुई जिब्रे कोब्रा हो यो श्री ३ सम्राट ? हामी यस दुर्गम क्षेत्रका साधारण नागरिकहरू वास्तवमै धेरै नै यस किसिमको नक्कल खेलबाट पीडित छौं ! हामी अब उनको खेल र राजनीतिक महत्वाकांक्षी को बारे मा धेरै धेरै शंकास्पद छौं ! कुनै लाज छैन शरम छैन यसलाई !!! यस धूर्त व्यक्तिलाई कस्तो दुई किसिमको अनुहार लागेको छ र उसले कसरी झूटो भोक हडताल गरेर सरकारलाई तर्साउनु, धम्काउनु चाहन्छ !!! समय समयमा, हामी आम नागरिकहरू आधारभूत मानव अधिकार र स्वास्थ्य सेवाबाट समेत वञ्चित यस प्रकारको नाटक खेलबाट पीडित छौं। उनको धूर्त धम्कीबाट स्वास्थ्य क्षेत्रमा हामीलाई के सुधार दिइएको छ ? वरिष्ठता, जेष्ठता नियुक्ति सम्बन्धी उनको अडानलाई उसका अन्धा अनुयायीहरू, हरूले लोभका साथ स्वागत गरे, तर किन अहिले सम्म धेरै कनिष्ठ निर्देशक र औषधीको डीन अझै उनीहरूको पदमा छ ??? यो आश्चर्यजनक र धेरै रहस्यमय छ !!! किन यस मानिस, यस विषयमा यति चुप लागिरहेको छ ??? कुनै उत्तर उहाँसँग छ !!! ऊ आफ्नो घरको सुधारसमेत गर्न सक्दैन तर जताततै नाक घोच्नु खोज्छ !!! उसको वर्तमान डीन संग के सम्बन्ध छ कि उसले एक शब्द विरुद्ध पनि केही भन्न सक्दैन !! किन ?? सबैलाई थाहा छ कि उसले माफिया, दलाल र व्यापार मानिसको प्रतिनिधित्व गर्ने हुन, रूपमा अघिल्लो सबै डीनलाई लेबल गरेको थियो !!! अब जुनियर डीन कसको प्रतिनिधित्व गर्दछ, यसको उत्तर उहाँसँग छ !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय