पहाडी भूभागमा वर्षाको सम्भावना

आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १०.५ डिग्री र अधिकतम तापक्रम २६.७ डिग्रीसेल्सियस छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ३ र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३३.२ डिग्रीसेल्सियस छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय