भक्तपुरमा अपांगता भएका विद्यार्थीलाई सहयोग सामग्री हस्तान्तरण

रेणु त्वानाबासु/भक्तपुर
प्रकाशित
२०७७ चैत ३ गते ९:४०

भक्तपुरमा अपांगता भएका विद्यार्थीहरुलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ। रोटरी क्लब अफ भादगाउँले भक्तपुर ईन्द्रयाणी पीठस्थित समुदायमा आधारित पुनर्स्थापना संस्था भक्तपुर (सिविआर) लाई सोमबार विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको हो।

सिविआर संस्थामा अध्ययनरत अपांगता भएका विद्यार्थीहरुलाई ह्वीलचियर २५ थान, २५ थान ट्वाईलेट चियर, २५ थान वाकर स्टिक, २५ थान बैशाखी उपलब्ध गराएको रोटरी क्लव अफ भादगाउँका अध्यक्ष प्रकाश थापाले बताए।

उनले क्लबले देशमा विपदका बेला गरिब तथा असहायहरुलाई सहयोग गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिने वाचा गरे।

त्यस्तै समुदायमा आधारित पुनस्र्थापना संस्था भक्तपुर (सिविआर) का संयोजक सुरेश प्रधानले करिब एक हजार जनालाई सिविआर ईन्द्रायणी पीठलगायत विभिन्न विद्यालयमा अध्यापन गराईरहेको र अहिलेसम्म संस्थाबाट अपांगता भएका करिब ४ हजार जनालाई शिक्षा दिईसकेको जानकारी दिए।

तर स्थानीय सरकारबाट केही पनि सहयोग नभएकाले अहिले संस्था चलाउन समस्या भएको उनले बताए। ‘राज्यले गर्नुपर्ने काम विभिन्न दातृ निकाय, संघ संस्थाहरुसँग सहयोग मागेर चलाउनुपर्ने अवस्था हुनु दुर्भाग्य हो,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय