बिहे हुँदा नयाँ परिवारमा कसरी घुलमिल हुने?

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत ३ गते ७:३०

एक महिलाले जीवनमा थुप्रै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। छोटी, बुहारी, दिदी-बहिनी, आमा आदि ।

बिहे नगर्दासम्म आफ्नो लागि मात्रै सोच्ने केटीले बिहेपछि श्रीमानको परिवारको बारेमा पनि सोध्नुपर्ने हुन्छ। श्रीमानको घरमा नयाँ सदस्यको रूपमा आइसकेपछि उक्त घरको जिम्मेवारी नवदुलहीको काँधमा पनि थपिन्छ।

माइतिमा जस्तो श्रीमानको घरमा चैन हुँदैन। आफैले थुप्रै जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ। पोइली घरमा सासुससुरा सबै भन्दा महत्वपूर्ण व्यक्ति हुन्। उनीहरूको ख्याल गर्नुपर्छ।

उनीहरूका स-साना कुराको पनि ख्याल गर्नुपर्छ। उनीहरूलाई समयमा खाना-खाजा दिने, उठबस गर्ने, आफ्ना कुरा राख्ने, उनीहरूका कुरा सुन्ने गर्नुपर्छ। यसले नवदुलहिलाई फाइदा गर्ने मात्र नभइ परिवारमा नै खुशीको वातावरण हुन्छ।

घरमा भएका बालबालिकासँग पनि घुलमिल हुनुपर्छ। उनीहरूको ख्याल गर्नुपर्छ। उनीहरूका आवश्यकता पूर्तिमा ध्यान दिनुपर्छ। यस्तो गर्दा नवदुलहीप्रति परिवारको विश्वास र स्नेह बढ्छ।

भनिन्छ पहिलो इम्प्रेशनले जीवनभर काम गर्छ। त्यसैले श्रीमानको विशेष ख्याल गर्नुपर्छ। बिहान अफिस जानु भन्दा पहिले नै उनका सबै चिजलाई तयार राख्ने गर्नुपर्छ।

श्रीमानलाई खाजा बनाएर दिने, फोन गरेर दिनमा कम्तिमा एक पटक कुरा गर्ने, व्यस्त भएको समयमा फोन गरेर दिक्क नलगाउने, खानामा श्रीमानलाई मन पर्ने चिज पकाउने, श्रीमानका कुरालाई महत्व दिएर सुन्ने गर्नुपर्छ।

यसले श्रीमान श्रीमतीको सम्बन्धलाई बलियो बनाउने मात्र नभइ विश्वास पनि कायम गर्छ। र, आफ्नो जिम्मेवारीमा पनि ध्यान दिनुपर्छ।

नयाँ घरमा प्रेमिल सम्बन्ध बनाउन मन भए बिहानै उठ्ने, पुजापाठ गर्ने, सबैका लागि चिया नास्ता तयार गर्ने गर्नुपर्छ। यसो गर्दा जीवनमा सधै खुशी नै खुशी छाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय