तीन प्रतिष्ठानको उपकुलपतिमा कसले-कसले दिए आवेदन?

तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि राम्रै प्रतिस्पर्धा हुने भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सरकारले आवेदन माग गरेको थियो।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २१ जनाको आवेदन परेको छ।

त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि १२ जनाकै आवेदन परेको छ।

उपकुलपतिमा धरै जनाको आवेदन परेपछि चर्को प्रतिस्पर्धा हुने देखिने भएको छ। एक हप्ताअघि ती प्रतिष्ठानका उपकुलपतिका लागि सरकारले आवेदन माग गरेको थियो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि उपकुलपति डा. मंगल रावल, प्रा. डा. राजेन्द्र वाग्ले, डिन डा. रेशम राना, रेक्टर निरेश थापा, डा. सुर्यमान लिम्बु, प्रा. डा. तरुण पौडेल, डा. राजीव साह, प्रा. डा. गेहनाथ बराललगायत २१ जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि प्रा. डा. राजेशनाथ गंगोल, रजिष्ट्रार प्रा. डा. पारसकुमार आचार्य, प्रा. डा. राजेन्द्र वाग्लेलगायत १२ जनाले आवेदन दिएका छन्। यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि डा. ध्रुव अधिकारी, डा. भरत खत्री, डा. श्रीकृष्ण श्रेष्ठ लगायत १२ जनाको आवेदन परेको छ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीनजनाको नाम उपकुलपतिका लागि कुलपति प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिस गर्नेछ।

तीनबाट प्रधानमन्त्री ओलीले एकजनालाई उपकुलपति चयन गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय