‘सरकारले डायलाइसिस सेवा घटायो, अब हामी वीरमै मर्ने भयौं’ (भिडियो स्टोरी)

वीर अस्पतालको मुख्य भवन पछाडी २०–२२ जना मलिन अनुहारसहित बसिरहेका थिए।

रोगी अनुहारमा न उत्साह थियो न उर्जा नै।

झक्लिरहेको थियो कवेल अस्पतालप्रतिको आक्रोश।

त्यही भीडमा थिए काठमाडौं घर भएका ५६ वर्षीय राजु तुलाधर।

आफ्नो छेउकै रमिला काफ्ले दाहालसँगै कुरागर्दै थिए– अब हामीलाई सरकारले मार्ने भयो।

सरकारले डायलाइसिस सेवा घटाएको भन्दै उनीहरू जीवनप्रति निरास बनेका हुन्।

तुलाधरको ३१ वर्षकै उमेरमा दुई मिर्गौलाले काम गर्न छोड्यो। २५ वर्षदेखि उनले मिर्गौलाको डायलाइसिस गराउँदै आएका छन्।

उनमा अझै केही दिन बढि बाँच्ने आशमा।

चिकित्सकले उनलाई हप्ता तीन पटक डायलाइसिस गराउन सिफारिस गरेका छन्।

चिकित्सकको सिफारिस अनुसार नै उनले वीरमा निशुल्क डायलाइसिस सेवा लिइरहेका थिए।

तर, अस्पतालले चैत १ गते हप्तामा दुई पटक मात्रै डायलाइसिस गर्न पाउने सूचना निकाल्यो। सरकारको उक्त निर्णयले तुलाधरलाई चिन्तित तुल्याएको छ।

अस्पतालले हप्ताको दुई पटकभन्दा बढी डायलाइसिस गर्दैन। थप एक डायलाइसिस गर्नका लागि उनीसँग एक पैसा छैन।

काठमाडौंको असनमा घर भएका उनी अहिले उपचार खर्चले सुकुम्बासी बनेका छन्।

तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले मिर्गौला रोगीलाई हप्तामा तीनपटकसम्म निःशुल्क डायलाइसिस सेवा दिने व्यवस्था लागु गरेका थिए।

हाल, नर्सिङ तथा समाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक उपचार कोष निर्देशिका २०७५ दोस्रो शम्शोधन २०७७ अनुसार मिर्गौला रोगीको हेमोलाइलासिस हप्ताको दुई पटक बढी गर्नु पर्ने भएमा चिकित्सकको सिफारिस अनिवार्य चाहिने व्यवस्था गर्नुपर्ने भन्दै पत्रचार गरेको छ।

सोही अनुसार अस्पताल प्रशासनले हप्तामा पटक भन्दा बढी डायलाइसिस नगर्नुभन्दै मिर्गौला विभागलाई निर्देशन दिएको छ।

दुई पटकभन्दा बढी डायलाइसिस गरिएको कागज सफ्टवयरमा उपलब्ध गराउनुपर्ने महाशाखाको निर्देशन छ।

सो बमोजिम नभएको खण्डमा भुक्तानी रोकिने महाशाखाले सूचनामा जारी गरिएको छ।

वीरमा हाल तुलाधर जस्तै हप्ताको तीन पटक डायलाइसिस गराइरहेका ३० जना मिर्गौला रोगी छन्।

दुईपटक डायलाइसिस गराउने संख्या १ सयभन्दा बढी छ।

अधिकांशले डायलाइसिस गराउँदै आएको दशक बितिसकेको छ।

२०७४ सालदेखि गगन थापा स्वास्थ्यमन्त्री हुँदा आवश्यकता अनुसार तीन पटक निःशुल्क डायलाइसिस हुने व्यवस्था लागू भयो।

‘२०६० सालदेखि हप्तामा तीन पटक डायलाइसिस गर्दै आएको छु। मलाई दुई पटक डायलाइसिस गरेर पुग्दैन,’ तुलाधरका गुनासो छ्, ‘मर्नुभन्दा बाहेक विकल्प रहेन अब।’

तुलाधरका अरू अंगले पनि काम गर्न छोडिसकेका छन्।

केही समय डायलाइसिस नहुँदा शरीर सुनिएर आउँछ।

‘केही समय डायलाइसिस नहुँदा एकदमै गाह्रो हुन्छ। मुटुले काम गर्न छोड्छ,’ उनी आफ्नो दुःख पोख्छन्।

लामो समयदेखि वीरमा मिर्गौला प्रत्यारोपण सेवा अवरुद्ध छ।

जस कारण डायलाइसिस गराउने संख्या दिनप्रति दिन बढ्दो छ।

अस्पताल प्रशासनले बिरामीको संख्या बढेको भन्दै डायलाइसिस संख्या घटाएको तुलाधार बताउँछन्।

‘कि त हामीलाई मार्नु पर्‍यो। डायलाइसिस घटाएर हाम्रो समस्या समधान हुँदैन,’ तुलाधरले आक्रोश हुँदै भने।

त्यस्तै रमिला काफ्ले दाहालले पनि डायलाइसिस गराउँदै आएको १३ वर्ष भयो।

अस्पताल प्रशासनले मानव सेवा विपरित काम गरेको उनको गुनासो छ। ‘गरिव जनताको अस्पतालमा हामी जस्ता विपन्नले सुलभ रुपमा उपचार नपाउनु दुखद् कुरा हो,’ उनले गुनासो गरिन्।

‘हामी दुई दिनदेखि आन्दोलनमा उत्रिएका छौं। भित्र डायलाइसिस गर्ने स्वास्थ्यकर्मी हामीलाई प्रवेश गर्न दिन हुँदैन,’ उनी भन्छिन्, ‘आधिकारिक व्यक्ति हाम्रो सामू आउनु हुँदैन। यसको जिम्मेवारी कसले लिने?’

अस्पताल प्रशासनको सो व्यवस्थाले उनको मन पोलेको छ।

‘मिर्गौला बिरामीले उसै त कम पानी खानुपर्ने हुन्छ। त्यसैमा समयमा डायलाइसिस गर्न पाइएन भने हाम्रो हालत के होला?’, उनले भनिन्।

त्यहाँ माथि पनि उनी आज बिहानदेखि नै पानी नखाई आन्दोलन गरिरहेकी छिन्।

‘पुराना बिरामी बाहिर डायलाइसिस नपाएर लडिरहेका छन्। नयाँ बिरामीलाई बेड खाली छ भनेर भर्ना गरिरहेको छ,’ उनी भन्छिन्, ‘यही हो अस्पतालको हामीप्रतिको मानवियता ?।’

उनको दिमाखमा अस्पताल प्रशासनले व्यक्त गरेको गैरजिम्मेवारीपन कुरा खेलिरहन्छ।

‘पुरानो बिरामीहरू धेरै भए। नयाँ बिरामीलाई अब डायलाइसिस दिन्छौं। तिमिहरू अबको बाटो मृत्यु हो, भन्ने जसरी अस्पताल प्रशासनले व्यवहार देखाएको छ,’ उनी निरास मुद्रामा भन्छिन्।

सरकारले यो विषयको समधान तत्काल गर्नुपर्ने उनको भनाई छ।

‘राज्यले समधान निकाल्न सक्दैन भने, म मर्नु पनि तयार छु, उनी आफ्नो दुःख पोख्छिन्।

तुलाधार वीरमा आउने समान सबै नक्कली ल्याएर उपचार गर्ने आरोप लगाउँछन्।

‘अस्पताल प्रशासनले एक पटक डायलाइसिस गरेको २५ सय लिन्छ। तर, उपचार गर्ने बेलामा सबै सस्तो प्रयोग गरिहेको हुन्छ,’ तुलाधार भन्छन्।

हामी केही गर्न सक्दैनौं : अस्पताल

वीरमा हाल १९ बेडबाट डायलाइसिस सेवा सञ्चालन छ।

१७ वटा बेड नियमित आउने बिरामीका लागि छन्। २ बेड आकस्मिक बिरामीको लागि छुटाइएको छ।

अस्पतालले तीन सिफ्टबाट सेवा प्रदान गर्दै आएको जनाएको छ।

बिरामीको गुनासोमा अस्पतालबाट केही समधान नस्किने नेफ्रोलोजी विभागकी प्रमुख डा. राजनि हाँडा बताउँछन्।

‘हामीलाई स्वास्थ्य सेवा विभागबाट दुई पटकभन्दा बढी डायलाइसिस नगर्नु भन्ने पत्र प्राप्त भएको छ। सो भन्दा बढी भुक्तानी दिन नसक्ने विभागले जनाएको छ,’ डा. हाडाले भनिन्, ‘अस्पताल प्रशासनले यत्रो खर्च बेहोर्न सक्दैन नि।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय