ईशानले गर्‍यो बालको पेटमा रहेको अन्डकोषको सफल शल्यक्रिया

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत २ गते १५:१९

ईशान बाल अस्पतालले ४ वर्षको बालको अन्डकोषको सफल शल्यक्रिया गरेको छ।

दाहिने अण्डकोष पेटमा रहेकोमा अस्पतालले ल्याप्रोस्कोपिक सर्जरीको माध्यमबाट अप्रेशन गरेको हो।

पेटमा सानो प्वाल बनाई सफलतापूर्वक शल्यक्रिया गरि अन्डकोषलाई आफ्नो ठाउँमा राखिएको अस्पतालले जनाएको छ।

फागुन २८ गते शल्यक्रिया गरिएकोमा २९ गते नै बालकलाई डिस्चार्ज गरिसकिएको छ।

अप्रेशनमा डा. रामनन्दन प्रसाद चौधरी, डा. निरपेश राजभण्डारी, डा. सन्जय कुमार साह र एनेस्थेसिया चिकित्सक डा. छन्द बहादुर बुढाथोकीको टोलि संलग्न थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय