गर्भावस्थामा उमालेको पानी पिउँ, नत्र बच्चालाई जोखिम हुनसक्छ!

गर्भावस्थामा अन्य समय भन्दा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। आमाको स्वास्थ्यमा कुनै असर पर्दा गर्भमा रहेको बच्चाको स्वास्थ्य पनि जोखिममा हुन्छ।

यो बेला अन्य समय भन्दा जिम्मेवारी बढ्छ। नौ महिनासम्म महिलाले जे खान्छन् त्यसको असर गर्भको शिशुमा परिरहेको हुन्छ।

गर्भावस्थामा प्रयाप्त मात्रामा पानी पिउनुपर्छ। किनकी यसले शरिरलाई सुख्खा हुन दिँदैन। र, शरीरको सफाइ गर्नुका साथै इनर्जि पनि बढाउँछ।

महिलालाई गर्भावस्थामा पानीको मात्रा बढी पिउन सल्लाह दिइन्छ। यसले गर्भको शुशुको विकासमा टेवा पुर्‍याउँछ।

केही महिलाले गर्भावस्थामा तातो पानी पिइरहेका हुन्छन्। उनीहरूलाई गर्भावस्थामा तातो पानी पिउनेकी नपिउने भन्ने बारे जानकारी हुँदैन।

हल्का मनतातो पानी पिउँदा स्वास्थ्यलाई ठूलो फाइदा पुग्छ। मनतातो पानीले बिहान हुने सिकनेसबाट रोक्छ, छातिमा हुने जलनबाट बचाउँछ। यस्तै यसले शरीरलाई राम्रोसँग काम गर्न टेवा पुर्‍याउँछ।

मनतातो पानीले पेट सफा हुन्छ। पाचनप्रणाली पनि राम्रो हुन्छ। गर्भावस्थामा हुने कब्जियत तथा एसिडिटीबाट पनि बताउँछ।

मनतातो पानीले शरीरमा रक्तप्रवाहलाई राम्रो गर्छ। सधै बिहान हल्का मनतातो पानीमा आधा कागतिको रस मिलाएर पिउँदा स्टामिना बढ्छ। यसले गर्भावस्थामा हुने थकानबाट बचाउँछ।

मनतातो पानीमा थुप्रै गुण हुन्छन्। गर्भावस्थामा यस्तो गुणले फाइदा पुगाउँछ। गर्भावस्थामा इम्युनिटी कमजोर हुन्छ। मनतातो पानीले रुघाखोकीबाट पनि जोगाउँछ।

गर्भावस्थामा मनतातो पनी नै स्वास्थ्यका लागि सुरक्षित हो। यस्तो बेला मनतातो पानए नै पिउनुपर्छ।

सिधै नल वा धाराबाट आउने पानीमा लिड र मिनरल हुनसक्छ। जसले आमा र गर्भको शिशुको शरीरमा क्षति पुर्‍याउँछ।

यसले शिशुको मानसिक र शारीरिक विकास प्रभावित गर्ने जोखिम हुन्छ। यस्तो पानीले फोक्सो, मस्तिष्क, लिभर, मिर्गोला र राता रक्त कोशिकामा क्षति पुर्‍याउने जोखिम हुन्छ। हामीले फिल्टर गरेको वा उमालिएको पानी नै पिउनुपर्छ।

पानीको कमीका कारण गर्भावस्थामा रिगटा लाग्ने, एठन हुने, सुन्निने, कमजोर महशुस हुने जोखिम हुन्छ। त्यसैले गर्भवति महिलाले सधै मनतातो पानी पिउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय