राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाउँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउने भएकी छिन्। त्रिवि शिक्षण अस्पताल पुगेर भण्डारीले आज अपरान्ह ४ बजे खोप लगाउने भएकी हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राष्ट्रपति भण्डारीले खोप लगाउने कार्यक्रम रहेको जनाएको छ।

फागुन २३ गतेदेखि नेपालमा दोस्रो चरणको अप अभियान जारी छ। अभियानअन्तरगत ६५ वर्षमाथिका जेष्ठ नागरिकले खोप लगाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय