बच्चाको दिमाग कसरी तेजिलो बनाउने?

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ चैत २ गते ६:५१

बालापन निकै म्यारो र अबोध हुन्छ। बालापन सबैलाई जीवनभर प्रिय लाग्नेगर्छ। राम्रो बानिको विकास गर्ने, इम्युनिटी पावर बढाउने र धेरै कुरा सिक्ने उमेर पनि यही हो।

सानोमा राम्रो बानि र धेरै कुराहरू सिकाइयो भने यो जीवनभर काम लाग्छ। बच्चाको बौधिक विकासका लागि पनि यो उमेर ठिक हो।

यो बेला हामीले बच्चाको मानसिक क्षमता बढाउने कुरामा ध्यान दिनुपर्छ। हामीले कुनै खेलको माध्यमबाट वा अन्य रचनात्मक तरिकाले दिमाग बढाउन सक्छौं।

जब बच्चाहरू ओरपरका चिज चिन्न थाल्छन् तब उनीहरू केही सिक्नका लागि तयार भइसकेका हुन्छन्। एक साल पुग्दा बच्चाले धेरै कुरा सिकि सकेको हुन्छ। कुनै कुरा देख्दा पछि लाग्ने, उभिन खोज्ने, कुरालाई ध्यान दिएर सुन्ने गर्न थाल्छन्।

संगीतलाई सबैले मन पराउँछन्। हामीले बच्चाहरूलाई संगीतका माध्यमबाट धेरै कुरा सिकाउन सक्छौं। आफ्नो बच्चालाई बाल गीत गाउन सिकाउने वा कुनै बाल गीतको माध्यमबाट केही पढाउने गर्नुपर्छ।

यस्तो गर्दा बच्चाको सिकाइ मात्र बढ्ने नभएर इमोश्नल भावना पनि बढ्न थाल्छ।

बच्चालाई जनावर निकै मन पर्छन्। त्यसैले उनीहरूले सहज रूपमा जनावरको आवाज निकाल्ने गर्छन्। हामीले पनि जनावरको आवाज निकाल्दै बच्चालाई त्यही आवाज कपी गर्न लगाउनुपर्छ। यो गर्दा बच्चाको सिकाइ क्षमता बढ्छ।

सबै बच्चालाई कुनै न कुनै चिज मन पर्छ। त्यसलाई उनीहरू आँखा अगाडिबाट हटाउन चाहन्न। बच्चालाई मन पर्ने चिज लुकाइदिएर खोज्न भन्नुपर्छ।

यसले बच्चाको एक्लिभ नेशलाई बढाउँछ। र, स्मरणशक्ति पनि बढ्छ।

बच्चाको इमेजिनेशनलाई बढाउनका लागि हामीले आर्टको सहयोग लिन सक्छौं। बच्चालाई कलर र ड्रोइङ पेज दिनुपर्छ। र, त्यसमा उसलाई मन पर्ने चिज बनाउन भन्नुपर्छ। डाइग्राममा चहकिलो रंगको प्रयोग गर्नुपर्छ। किनकी बच्चालाई यस्ता रंग मन पर्छन्। यसरी बच्चाको स्मरण शक्तिलाई हामीले बढाएन सक्छौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय