ओलीलाई पदबाट मुक्त गरि कानुनी कठघरामा ल्याउनुपर्छ : डा. केसी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मेडिकल माफियाहरूको संरक्षण गर्ने काम भइरहेको आरोप लगाएका छन्।

‘आफ्ना अर्थ–राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल कलेजलाई गैरकानुनी रूपमा सम्बन्धन दिलाउन ओली मन्त्रीमण्डलका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय तथा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति लगायतका नैतिकताहीन स्वार्थी पदाधिकारी तथा अन्य आसेपासेलाई उनले परिचालन गरी रहेको कुरा सर्वत्र सार्वजनिक भैरहेका छन्’, उनले भने।

प्रधानमन्त्री ओली र शिक्षा मन्त्री श्रेष्ठको निर्देशन बमोजिम चिकित्सा शिक्षा ऐन र नियमावलीको समेत ठाडो उल्लंघन गरी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन अनैतिक हर्कत गरिनु क्षम्य नहुने डा. केसीले चेतावनी दिए।

ओलीले भ्रष्ट र आपराधिक सञ्जाललाई राज्यका अंगहरूमा विस्तार गरिसकेका डा. केसीको आरोप छ। ‘हालै मात्र गरेका संवैधानिक नियुक्ति र त्यसमा आसिन हुन पुगेका उनका मतियारहरुबाट देशलाई जोगाउनु पर्ने नागरिक दायित्व हामी सवैमा रहेको छ। अब ओली र उनको भ्रष्ट तथा आपराधिक सञ्जालबाट देशलाई मुक्त गर्नै पर्दछ र त्यसको थालनीको रुपमा सर्वप्रथम ओलीलाई नै प्रधानमन्त्रीको पदबाट मुक्त गरी कानुनको कठघरामा ल्याउनुको विकल्प छैन’, उनले भनेका छन्।

‘काठमाण्डु विश्वविद्यालय तथा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका भ्रष्ट उपकुलपतिको मिलेमतोमा विएण्डसी अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धन तत्काल रोक्नु पर्छ’, उनले भनेका छन्।

उक्त मेडीकल कलेजको सम्बन्धनका लागि सरकारले चालेको अवैध प्रक्रिया तत्काल रोक्न चेतावनी दिँदै उनले आफ्नो माग सुनुवाइ नभए सत्याग्रह थाल्ने चेतावनी दिएका छन्।

One thought on “ओलीलाई पदबाट मुक्त गरि कानुनी कठघरामा ल्याउनुपर्छ : डा. केसी

  1. “ चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मेडिकल माफियाहरूको संरक्षण गर्ने काम भइरहेको आरोप लगाएका छन्।“
    ओह, वाह, कस्तो प्रकारको दुई जिब्रे कोब्रा हो यो श्री ३ सम्राट ? हामी यस दुर्गम क्षेत्रका साधारण नागरिकहरू वास्तवमै धेरै नै यस किसिमको नक्कल खेलबाट पीडित छौं ! हामी अब उनको खेल र राजनीतिक महत्वाकांक्षी को बारे मा धेरै धेरै शंकास्पद छौं ! कुनै लाज छैन शरम छैन यसलाई !!! यस धूर्त व्यक्तिलाई कस्तो दुई किसिमको अनुहार लागेको छ र उसले कसरी झूटो भोक हडताल गरेर सरकारलाई तर्साउनु, धम्काउनु चाहन्छ !!! समय समयमा, हामी आम नागरिकहरू आधारभूत मानव अधिकार र स्वास्थ्य सेवाबाट समेत वञ्चित यस प्रकारको नाटक खेलबाट पीडित छौं। उनको धूर्त धम्कीबाट स्वास्थ्य क्षेत्रमा हामीलाई के सुधार दिइएको छ ? वरिष्ठता, जेष्ठता नियुक्ति सम्बन्धी उनको अडानलाई उसका अन्धा अनुयायीहरू, हरूले लोभका साथ स्वागत गरे, तर किन अहिले सम्म धेरै कनिष्ठ निर्देशक र औषधीको डीन अझै उनीहरूको पदमा छ ??? यो आश्चर्यजनक र धेरै रहस्यमय छ !!! किन यस मानिस, यस विषयमा यति चुप लागिरहेको छ ??? कुनै उत्तर उहाँसँग छ !!! ऊ आफ्नो घरको सुधारसमेत गर्न सक्दैन तर जताततै नाक घोच्नु खोज्छ !!! उसको वर्तमान डीन संग के सम्बन्ध छ कि उसले एक शब्द विरुद्ध पनि केही भन्न सक्दैन !! किन ?? सबैलाई थाहा छ कि उसले माफिया, दलाल र व्यापार मानिसको प्रतिनिधित्व गर्ने हुन, रूपमा अघिल्लो सबै डीनलाई लेबल गरेको थियो !!! अब जुनियर डीन कसको प्रतिनिधित्व गर्दछ, यसको उत्तर उहाँसँग छ !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय