दबाबपछि स्वास्थ्यले गठन गर्‍यो चिकित्सक शुल्क पुनरावलोकन समिति

निजी अस्पतालहरूको शुल्क पुनरावलोकनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अस्पतालहरूको शुल्क पुनरावलोकन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको हो।

समितिमा निजी अस्पतालहरूको संगठन नेपाल मेडिकल काउन्सिल, मन्त्रालयको गुणस्तरीय महाशाखाका प्रमुख, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख, निजी मेडिकल कलेजका संगठनका प्रतिनिधिसहितको विज्ञ टोली गठन गरिएको हो।

एसोसिएन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन) ले चिकित्सक परामर्श शुल्क चैत्र १ गते देखि कार्यन्वयन गर्न निजी अस्पताललाई निर्देशन दिएको थियो।

‘आफैले कहाँ शुल्क बढाउन पाइन्छ? मन्त्रालयको सल्लाह बिना जसले जे पायो त्यहि गर्न मिल्छ?, भोलि मन्त्रालयले कालोबजारी भयो भनेर वाणिज्य विभागलाई उजुरी गर्यो भने के हुन्छ? डा. गौतमले प्रश्न गरे।

‘राज्यको नियम मान्नु पर्दैन। शुल्क बढाउन कति हतार भएको हो। कोरोना महामारी छ,’ डा. गौतमले भने, ‘देशमा आर्थिक संकट छ। तोकेको शुल्क समय सापेक्ष हो कि होइन? त्यसबारेमा पनि छलफल हुनुपर्छ होला नि।’

समितिले प्रतिवेदन दिएको आधारणमा आवश्यक निर्णय गरेर कार्यान्वयनमा डा. गौतमले बताए। नेपाल चिकित्सक संघले ८ सय २५ सम्म परामर्श शुल्क तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय