सेक्सका लागि कुन समय उपयुक्त?

तपाई कुन समयमा शारीरिक सम्बन्ध राख्न मन पराउनु हुन्छ? के तपाईलाई थाहा छ, सेक्सका लागि एक नराम्रो समय पनि छ।

सबैभन्दा पहिले त शारीरिक सन्तुष्टिका लागि उपयुक्त समय रोज्नु आवश्यक हुन्छ। जुन मानिस सेक्स लाइफमा सन्तुष्ट छैनन्, उनीहरूले आफ्नो सेक्स टाइम बदल्नु आवश्यक हुन्छ। उनीहरूले खराब समयमा सेक्स गरेकै कारण सन्तुष्टि प्राप्त भएको नहुन सक्छ।

एक अध्ययनले धेरै मानिसले सेक्सका लागि गलत समय रोज्ने गरेको र यसले उनीहरूले सन्तुष्टि पाउन नसकेको देखाएको छ।

गलत समयमा शारीरिक सम्बन्ध राख्दा यसले सम्बन्धमा पनि तिक्तता पुर्‍याउने जोखिम हुन्छ।

धेरै मानिसहरूले राति ९ बजेपछि सेक्का लागि उपयुक्त समय ठान्नेगरेका छन्। एक अध्ययनका अनुसार यो समय सेक्सका लागि राम्रो होइन।

ब्रिटेनमा गरिएको अध्ययनले राति ९ देखि १ बजेको बीचमा धेरैले यौन सम्बन्ध बनाउने गरेको देखाएको छ। अध्ययनमा धेरै मानिसले सेक्स गर्दा पूर्ण सन्तुष्ट नमिल्ने गरेको बताएका थिए। तर, पनि मानिसले सेक्सका लागि यही समय रोज्छन्।

मानिस काम गरेर राति ७ बजे पुग्ने र बिहानै काममा जाने हुन्छ। उनीहरूका लागि सेक्सका लागि उपयुक्त समय भनेकै यही हो। त्यसैले उनीहरूले सेक्सका लागि यही समय रोज्छन्।

शरीरलाई आराम चाहिएको समयमा हामीले सेक्स गर्छौं। यसमा धेरै शक्ति चाहिन्छ। त्यो समय शरीरलाई आराम चाहिने भएकाले वैज्ञानिक रूपमा पनि सेक्सका लागि राम्रो होइन।

मानिसलाई सेक्स गर्दा मिठो निन्द्रा लाग्छ भन्ने लाग्छ। तर, सुत्ने समयमा सेक्स गर्दा त्यो त्यति राम्रो मानिदैन। बिहानको समयमा सेक्स गर्दा दुई गुणा आनन्द प्राप्त हुने अध्ययनले देखाएको छ।

राति मजाले सुत्दा बिहान शरीर पुरै उर्जाशिल हुन्छ। यस्तो बेला सेक्स गर्दा पूर्ण रूपमा आनन्द लिन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय