वीरको निमित्त निर्देशकमा डा. शान्ता सापकोटा

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा. शान्ता सापकोटालाई दिइएको छ।

डा. केदार सेञ्चुरीको आइतबारबाट कार्यभार सकिएसँगै डा. सापकोटालाई जिम्मेवारी दिइएको हो।

अस्पताल स्रोतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. डिएन साहले डा. सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।

ऐनेस्थेसिया विभागको प्रमुख सापकोटा अस्पतालको सिनियर चिकित्सक हुन्। वीरमा सरुवा भएर आउनु अगाडि डा. सापकोटाले कान्ति अस्पतालमा लामो समयसम्म सेवा गरेकी थिइन्।

अस्पतालको निर्देशकको धेरै चिकित्सक दौडमा रहेका छन्। स्रोतका अनुसार निर्देशकको दौडमा डा. भुपेन्द्र बस्नेत,डा. बिष्णु बहादुर बस्नेत, डा. दिपेन्द्र श्रेष्ठ, डा. रमिला जोशी, डा. इन्द्रकुमार झा, डा.सञ्जय ठाकुर, डा. दिपक दत्त, डा. रुद्रकुमार मरासिनीसमेत छन्।

यो पनि,

वीरका निर्देशकको कार्यकाल सकियो, को–को छन् दौडमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय