कोरोना खोप लगाएको कति दिनपछि काम गर्छ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोपको दोस्रो डोज लगाएको दुई हप्तापछि मात्रै खोपले पूर्ण रूपमा काम गर्ने बताएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो डोज लगाएको दुई हप्तापछि मात्रै खोपले काम गर्ने हुँदा अनिवार्य रूपले जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने बताए।

‘दोस्रो डोज लगाएको दुई हप्तापछि मात्रै खोपले काम गर्न सुरू गर्छ,’ डा. गौतमले भने, ‘ त्यसकारण घर बाहिर निस्कँदा अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गरौं।’

डा. गौतमले खोप लगाएपछि ३ दिनभन्दा बढी ज्वरो आएमा तुरून्तै चिकित्सकसँग परामर्श गर्न अनुरोध गरे। खोप लगाएको पाँच दिनसम्म आराम, व्यायम, धेरै हिडडुल नगर्ने, लागुपदार्थ र मद्यपानको सेवन नगर्न समेत सर्वसाधरणलाई आग्रह गरे।

सरकारले हाल दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको छ।

पछिल्लो २४ घन्टामा देशभर ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयको अनुसार योसँगै संक्रमित हुनेको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको छ। गत २४ घण्टामा २ जना संक्रमितको निधन भएको छ। यससँगै नेपालमा मृतक संख्या ३ सय १६ पुगेको छ। आइतबार ७७ जना कोरोनामुक्त भएका छन्। यो सँगै २ लाख ७१ हजार ३ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल सक्रिय संक्रमित संख्या ८ सय ९१ छ भने ४७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय