पशुपतिमा मेडिसिटीको निःशुल्क स्वास्थ्य शिविर

महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालले पशुपति क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। बुधबार र बिहीबार आयोजना गरिएको शिविरबाट करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्ससहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपरान्हदेखि बिहिबार रातीसम्म सेवा सञ्चालन गरेको हो।

सेवा प्राप्त गर्ने अधिकांश भक्तजनमा साधारण घाँउ, चोटपटक र कमजोरी भएका रहेको अस्पतालले जनाएको छ।

शिविरमा ब्लड प्रेसर तथा मधुमेह परीक्षण गर्नेहरूको पनि बाक्लो सहभागिता रहेको थियो।

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आइरहेको महाप्रबन्धक विजय रिमालले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय