निजीमा बिरामी जाँच्ने दुई डाक्टरलाई सेवाबाट हटाइयो

हेटौंडा अस्पतालले दुईजना विशेषज्ञ डाक्टरलाई सेवाबाट बरखास्त गरेको छ।

अस्पतालको नियम बिपरित गएको भन्दै अस्पताल प्रशासनले दुई डाक्टरलाई सेवाबाट हटाएको हो।

नवौं तहका जनरल सर्जन बिशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौनरोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको अस्पतालका मेसु प्रविण श्रेष्ठले बताए।

अन्सारी ४ वर्ष र पाण्डे २ वर्षदेखि अस्पतालमा करारमा कार्यरत थिए। ड्युटी समयमा निजी अस्पताल र मेडिकलमा काम गर्नुका साथै उनीहरूले अस्पतालमा आउने बिरामीलाई निजी क्लिनिक तथा अस्पतालमा पठाउने गरेका थिए।

नियम बिपरित काम गरिरहेको भन्द‍ डा. अन्सारीलाई गत जेठमा चार दिन र डा. पाण्डेलाई गत असारमा तीन दिन अस्पताल प्रशासनले निलम्बन गरेको थियो।

आगामी दिनमा यस्ता गैरजिम्मेवार काम नगर्ने भन्दै सेवामा फर्किएका उनीहरूले फेरि त्यस्तै गल्ति दोहोर्‍याएको अस्पताल प्रशासनले जनाएको छ।

‘बिरामीको उहाँहरूप्रति दिनहुँ गुनासो आउन थाल्यो। बिरामीलाई निजीमा पठाउने। ओपिडी छोडेर पटक-पटक निजी अस्पतालबाट सेवा दिने गरेको पाइयो’, अस्पताल प्रशासनले भन्यो, ‘स्पस्टिकरण मागेकोमा एकजनाले प‍ूर्वाग्रही भएर स्पष्टिकरण मागेको आरोप लगाए। डा. पाण्डेले माफि मागेका थिए। तर, त्यस्कै भोली पल्ट उहाँले बिरामीसँग बार्गेनिङ गरिरहेको अडियोसहित अस्पतालमा उजुरी पर्‍यो।’

अस्पताल बाट ५२ जना स्वास्थ्यकर्मीले स्वा दिइरहेका छन्। मेसु श्रेष्ठका अनुसार दैनिक अस्पतालको ओपिडीबाट ६ सय जनाले सेवा लिने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय