नेपालमा पहिलोपटक ११ महिने शिशुमा सफल कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा ११ महिने शिशुमा कलेजो प्रत्यारोपण गरिएको छ।

कम उमेरको मानिसमा कलेजो प्रत्यारोपण गरिएको नेपालमा यो पहिलोपटक हो।

प्राध्यापक डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले शनिबार ती शिशुमा कलेजो प्रत्यारोपण गरेको हो।

डा. भण्डारीका अनुसार प्रत्यारोपणका लागि करिब ८ घन्टा लागेको थियो।

‘बालकलाई ३५ वर्षका बाबुले कलेज दिएका थिए,’ डा. भण्डारीले भने, ‘प्रत्यारोपण राति शनिबार १२ बजेसकिएको थियो।’

डा.भण्डारीको नेतृतत्वमा भएको यो पाँचौं सफल प्रत्यारोपण हो।

बच्चाको जन्मदेखि नै कलेजोमा समस्या थियो।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा यो पाँचौं र कोरोना महामारी सुरु भएदेखि पहिलो प्रत्यारोपण हो।

बालकका आफन्तले विदेशमा प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गरेको र ओलीकै पहलमा प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए।

प्रत्यारोपणमा सहयोग गर्न फोर्टिस अस्पताल भारतका डा.विजय भिजको नेतृत्वमा चिकित्सकको टोली शिक्षण अस्पताल आएको थियो।

अहिले बाबु र छोराकै स्वास्थ्य सामान्य रहेको डाक्टर भण्डारीले बताए।

टिचिङमा गत वर्ष नै कलेजोको प्रत्यारोपण सुरू भए पनि कोरोना महामारीका कारण रोकिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय