वीरका निर्देशकको कार्यकाल सकियो, को–को छन् दौडमा?

चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. केदार सेञ्चुरीको कार्यकाल चैत १ बाट सकिँदै छ।

मुलुकको सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पतालको निर्देशक बन्न बरिष्ठ चिकित्सकबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।

डा. सेञ्चुरीले ०७५ चैत्रमा राजनीतिक भागभण्डाका आधारमा निर्देशक बनेका थिए। यद्यपि डा. सेन्चुरी नेपाल सरकारमा कार्यरत चिकित्सकमध्ये बरिष्ठ हुन्।

डा. सेन्चुरीले करिव १ महिनापछि उमेर हदका कारण अनिवार्य अवकास पाउँदैछन्।

यसबीचमै निर्देशक दोहोर्याउने र र सेवा अवधि थप्ने दौडमा चिकित्सक रहेका छन्।

को–को छन् निर्देशक बन्ने दौडमा!

निर्देशक बन्ने दौडमा डा. भुपेन्द्र बस्नेत,डा. बिष्णु बहादुर बस्नेत, डा. दिपेन्द्र श्रेष्ठ, डा. रमिला जोशी, डा. इन्द्रकुमार झा, डा. सञ्जय ठाकुर, डा. दिपक दत्त, डा. रुद्रकुमार मरासिनीसमेत छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐनअनुसार प्रतिष्ठानका उपकूलपतिको सिफारिसमा सहकुलपति एवं स्वास्थ्यमन्त्रीले निर्देशक नियुक्ती गर्छन्।

स्रोतका अनुसार उपकूलपति साह डा. भुपेन्द्र, डा. मरासिनी र डा. दिपेन्द्रलाई सिफारिस गर्ने तयारीमा छन्।

तीमध्ये एक जनामा पर्न डा. सेञ्चुरी पनि लागिपरेका छन् ।

अघिल्लो कार्यकालमा अस्पताल व्यवस्थापनमा राम्रो दक्षता देखाएका कारण अस्पतालका कर्मचारीहरू डा. भुपेन्द्र नै आउनुपर्ने बताउँदै आएका छन्।

कोरोना महामारीमा प्रभावकारी काम गर्न नसकेको, मन्त्रालयसँग समन्वय गरेर सेवा थप तथा सुचारु गर्न पहल गर्न नसकेको आरोप डा. सेन्चुरी माथि छ।

माओवादी निकट भएका सेन्चुरीले यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग खासै सुमधुर सम्बन्ध राख्न र अस्पतालका लागि पनि सहयोग लिन सकेकनन्।

यो सन्दर्भमका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकूलपति डा. डिएन साह पनि उत्तिकै कम्जोर सावित भएका छन्।

तत्कालिन स्वास्थ्यमन्त्री उपेन्द्र यादव निकट साह र डा. सेन्चुरीसँगै वर्तमान पदाधिकारी आएसँगै वीरको अधोगति बढेको आरोप बरिष्ठ चिकित्सकहरुको छ ।

डा. सेञ्चुरीले नियमित काम बाहेक अस्पतालका सेवा विस्तारमा ध्यान नै नदिएको चिकित्सक बताउँछन्।

‘उहाँको कार्यकालमा अस्पताल सेवा थप विस्तार हुन्छ भन्ने सोचेका थियौं,’ एक चिकित्सकले भने, ‘तर, उहाँ उपकरण खरिद प्रक्रिया तथा विभिन्न अनिमियतामा मुछिनु भयो।’

निर्माणाधिन सर्जिकल भवन संचालका लागि उपकरण, बेड जडान, भक्तपुरमा वीर विस्तार परियोजनालाई उनले अगाडी बढाउँन नै सकेनन् ।

नयाँ निर्देशकको चुनौती अनियमितताको चाङ्

डा. सेञ्चुरी माथि ब्यापक अनियमिता र भष्ट्राचार गरेको उजुरी समेत परेको छ। सो उजुरीलाई स्वास्थ्य मन्त्रालयले समिति नै गठन गरी छानविन गरिरहेको छ।

अहिले अवस्थामा अस्पतालको व्यवस्थापन एकदमै अस्तव्यस्त छ। त्यसलाई मिलाउनु नयाँ निर्देशकको ठुलो चूनौति हो।

अस्पतालमा आर्थिक तथा जनशक्ति व्यवस्थापनको चूनौति प्रमुख रूपमा देखिएका छन्। त्यसैगरी, नवनिर्मित ५ बेडको सर्जरी भवन तयार छ। तर, सञ्चालनका लागि आवश्यक पर्ने उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नु नयाँ निर्देशकको थप चुनौति हो।

पहिला दिनहरूमा सञ्चालन भएका थुप्रै सेवाहरू अहिले बन्द अवस्थामा रहेका छन्। त्यसलाई पुन सञ्चालन गर्न नयाँ निर्देशकमा राम्रो व्यवस्थापक कु्शलता चाहिन्छ।

‘धेरै विभागका अधिंकास उपकरण बिग्रिएका छन्। चिकित्सकलाई काम गर्ने वातावरण छैन,’ एक चिकित्सकले भने, ‘यि सबै कुरा मिलाउन सक्ने एक कुशल व्यवस्थापक चाहिँन्छ।’

उनका अनुसार अब पनि राजनैतिक भागबण्डामा निर्देशक चुन्ने हो भने सर्वसाधारणले सेवा पाउँदैनन्।

‘पहिला अस्पतालका अधिंकास सेवा निःशुल्क नै थियो। तर, हाल सेवा शुल्क बढाइएको छ। सरकारी अस्पतालमा शुल्क बढाउँदै लैजाँदा कसरी गरिबले सेवा पाउँछन्,’ उनी भन्छन्।

नयाँ निर्देशकको सर्जरी भवनलाई राम्रो सँग सञ्चालन गरेर आम नागरिकलाई सेवा दिनु पहिलो चूनौति रहेको ति चिकित्सक बताउँछन्।

अस्पतालमा इन्कोस्कोपी सेवा, एक्सरे, अक्सिजन प्लान्ट, एमआरआइ, सिटिस्क्यान, ओटि भेन्टिलेटर जस्ता उपकरण बिग्रिएर बसेका बषौँ भएको छ।

सरकारी अस्पतालमा यस्ता उपकरण मर्मतमा ध्यान नदिएका कारण हजारौँ गरिब तथा विपन्न सेवाबाट वञ्चित भएका छन्।

‘यत्रो ठूलो सरकारी अस्पतालमा इन्कोस्कोपी समेत नहुन लाजमर्दो विषय हो। कसिमनले खेलले गर्दा अस्पताल यो अवस्थामा आइपुगेको छ। यस्ता अनियमितालाई चिर्नका लागि कशुल व्यक्तिको आवश्यक छ,’ ति चिकित्सकले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय