डन्डिफोरबाट यसरी पाउन सकिन्छ छुट्कारा

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २९ गते ८:२१

अनुहारमा एउटा सानो फोका उठ्ने वित्तिकै पनि नराम्रो देखिन थाल्छ। गर्भी मौसममा अनुहारमा फोका उठ्ने समस्या अत्याधिक हुन्छ। जसले गर्दा मानिस हैरान भइरहेका हुन्छन्।

शरीर भित्रको गर्मीका कारण पनि अनुहारमा डन्डिफोर आएको हुनसक्छ। यसको कारण धुलोधुँवा पनि हुनसक्छ। डन्डिफोर आएको तीन/चार दिनमा मात्रै ठिक हुन्छ।

डन्डिफोर हटाउन अनुहारलाई मनतातो पानीले धुने गर्नुपर्छ। र, राम्रो फेसवासको प्रयोग गर्नुपर्छ।

भूलेर पनि फोहोर पानीले अनुहारलाई धुनु हुँदैन। डन्डिफोरमा हात लगाउनु हुँदैन। नत्र यो पुरै अनुहारमा फैलिनेगर्छ। अनुहारलाई पुरै सुक्न दिनुपर्छ।

चन्दन पाउडरमा कागतिमो सर मिलाएर लेप बनाइ अनुहारमा लगाउन सकिन्छ। यो एक प्राकृतिक उपचार विधि हो। यसले अनुहारमा कुनै क्षति पुर्याउँदैन। यो अनुहारमा पाँच मिनेटसम्म लगाउन सकिन्छ।

पाँच मिनेटपछि आइस क्युबले अनुहारमा मसाज गर्नुपर्छ। अनुहार पुरै चिसो भए पनि यसलाई डन्डिफोरमाथि रगडि रहनुपर्छ। यसको चिसोले डन्डिफोरलाई बसाइदिन्छ।

आफ्नो अनुहारलाई सफा रुमालले पुच्छुपर्छ। डन्डिफोर सफा गर्दा फोहोर निस्क्यो भने त्यसलाई तुरुन्त सफा गरिहाल्नुपर्छ।

अत्याधिक मात्रामा पानी पिउनुपर्छ। केहि दिनका लागि चिया, कफी जस्ता शरीरमा गर्मी पुर्‍याउने चिजको सेवन गर्नु हुँदैन। यसो गर्दा अनुहारमा चमक आउँछ। र, डन्डिफोर जस्ता पिम्पल आउँदैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय