कोरोना खोप ल्याउन नदिन चलेखेल भइरहेको छ : डा. गौतम

नेपालमा दोस्रो चरणको कोरोना खोप अभियान सञ्चालन भइरहेकाे छ।

जसमा ६५ वर्षभन्दा माथिका नागरिकलाई खोप लिइरहेका छन्।

सरकारले दोस्रो चरणमा पछिल्लो प्राथमिकतामा परेका नागरिकलाई चैत पहिलो साताबाट खोप दिने योजना बनाएको छ।

तर, त्यसको लागि खोपको सुनिश्चिता भइसकेको छैन।

सरकारले खोप अभियानलाई तिब्रता दिनको लागि अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको कोभिसिल्ड खोप ५० लाख डोज किन्ने तयारीमा जुटेको छ।

कोरोना खोप अभियानलाई प्रभावित नगर्न सरकारको पछिल्लो गतिविधि के कस्तो छ भनेर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग हेल्थपोस्ट नेपालले प्रश्न राखेको छ।

डा. गौतमले सिरम इन्स्टिच्युट कम्पनीसँग थप कोरोना खोप खरिदका लागि छलफल भइरहेका बताए।

तर, नेपालमा कोरोना खोप ल्याउन नदिन केही मानिसहरू नियोजित रूपमा लागिपरेको उनको आरोप छ।

‘थप खोप ल्याउनका लागि सरकारले छलफल बढाइरहेको छ। तर, केही व्यक्तिहरू नियोजित रूपमा खोप ल्याउन नदिनका लागि लागिपरेका छन्,’ डा. गौतमले भने।

सरकारले भारत सरकारको अनुरोधमा २० लाख डोज ४ डलरमा खरिद गरेको थियो।

‘भारत सरकारको अनुरोधमा कम्पनिले ४ डलरमा खोप दिएको थियो। हिजोको दिनमा हामीले केही खोप अनुदानमा पाएका थियौं नि। यसको मतलव त्यहिँ मूल्यमा खोप पाइरह्छौ भन्ने होइन नि,’ डा. गौतमले प्रश्न गरे।

डा. गौतमका अनुसार सेरमसँग भारत सरकारले खोप खरिद गरेको रकममा नेपालपनि ल्याउने तयारी भइरहेको छ।

‘नेपालमा अस्ति ४ डलरमा दिएको थियो। अब सरकार साढे ५ डलरमा किन्न लागिपरेको छ। भष्ट्राचार हुन भनेर प्रचार भएको छ,’ डा. गौतमले भने, ‘ यस्ता नकारात्मक प्रचारले भोलि ठुलो समस्या निम्ताउन सक्छ।’

जे पायो त्यहि प्रचार गर्नाले भोली बगांलादेशले जस्तो ८–९ डलर तिर्नुपर्ने अवस्था आउने हो कि भन्ने डर भएको उनी बताउँछन्।

५५ बर्षका भन्दा माथि वा दोस्रो डोज खोप दिनका लागि खोप उपलब्धताको आधारमा मात्रै एकिन गर्न सकिने डा. गौतमको भनाई छ।

‘हामी खोप ल्याउन दिन–रात कोसिस गरिहेका छौं। केही मानिस ल्याउन नदिन नकारात्मक प्रचार गरिरहेका छन्,’ डा. गौतम भन्छन्, ‘यस्ता कुराले खोप अभियान प्रभावित हुँदैन।’

सरकारसँग २० लाख डोज कोरोना खोप रहेकोमा हालसम्म खोप साढे १३ लाखभन्दा बढी नागरिक लगाइसकेका छन्।

पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनाले खोप लगाएका थिए। दोस्रो चरणको ५ दिनमा ९ लाखभन्दा बढी खोप लगाइसकेका छन्।

करिब ८ लाखलाई खोप लगाउन अझै बाँकी छ।

बिहीबार बेलुकासम्म दोस्रो चरणको ५१ प्रतिशतले खोप पाइसकेको डा. गौतमले बताए।

‘खोप सस्तोमा पाइएको छ। मानिसहरू महंगो खोप ल्याउने भन्दै प्रचार गरिहेका छन्,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय