पत्रकार सुशील शर्माको निधन

लामो समय बीबीसीमा काम गरेका पत्रकार सुशील शर्माको निधन भएको छ। ६३ वर्षीय शर्माको काठमाडौंको ओम अस्पतालमा शुक्रबार दिउँसो निधन भएको हो।

उनी लामो समयदेखि मृगौलाका बिरामी थिए। उनलाई बुधबार भर्ना गरिएकोमा आज दिउँसो २ बजे निधन भएको अस्पतालका निर्देशक डा. हरिश जोशीले जानकारी दिए।

शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय