कोरोना खोप अभाव हुनथाल्यो, अभियान प्रभावित हुने संकेत

हेल्थपोस्ट नेपाल

कोरोनाविरुद्धको (कोभिसिल्ड) दोस्रो चरणको ५ दिनमा ९ लाखभन्दा बढी जेष्ठ नागरिकले खोप लगाइसकेका छन्।

जेष्ठ नागरिकमा खोपप्रति विश्वास र उत्साह बढेसँगै कतै अभाव त, कतै आकलन गरिएको लक्ष्य पुरा भइसकेको छ।

सरकारले ६५ वर्ष भन्दा माथिको जनसंख्या लक्षित गरेर फागुन २३ बाट दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो।

जसमा १८ लाखभन्दा बढी नागरिकलाई खोप दिने योजना बनाइएको छ। तर, सोही अनुसार सबै ठाउँमा खोप भने पुगेन छैन।

खोपको उत्साह बढ्दैसँगै केही ठाउँमा खोपको अभाव देखिएको छ।

केही ठाउँहरूबाट खोप अभावका गुनासा बढ्दै गएको कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उप्रेतीले बताए।

‘विभागबाट पठाइएको खोप कुनै ठाउँमा कम भएको पाइयो,’ डा. उप्रेतीले भने, ‘कुनै ठाउँमा बढी पनि हुन्छ, बढीभएको ठाउँबाट कम भएको स्थानमा मिलाउछौं।’

उनका अनुसार अभाव भएको ठाउँमा खोप उपलब्धता भएपछि दिइने छ।

केही स्थानमा ६५ वर्षभन्दा माथिको नागरिकलाई खोप लगाएर लक्ष्य हासिल गरिसको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए।

‘खोपको लक्ष्य पुरा भएपछि बन्द गर्न निर्देशन दिएका छौं। कतै भने अभाव भएको सूचना आएको छ,’ डा. गौतमले भने, ‘अभाव भएका केन्द्रमा आजभोलिमा खोप पठाउँछौं।’

खोप अभियान प्रभावित हुने संकेत

भारत सरकारले अक्सफोर्ड एस्ट्राजेनिकाले विकास गरेको सेरम इन्स्टिच्यूटको ‘कोभिसिल्ड’ खोप १० लाखमा अनुदानमा दिएको थियो।
त्यसपछि, नेपाल सरकारले थप २० लाख खोप खरिद गर्न सम्झौता गरेको छ। त्यसमध्ये १० लाख खोप आइपुगेको छ।

थप १० लाख कहिँले आउने भन्ने टुंगो लागिसकेको छैन।

कोभ्याक्सले पहिलो चरणमा ३ लाख ४८ हजार मात्र खोप पठाएको छ।

डा. गौतमका अनुसार २० लाख वितरण भइसकेको छ।

पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनाले खोप लगाएका थिए। दोस्रो चरणको ५ दिनमा ९ लाखभन्दा बढी खोप लगाइसकेका छन्।
करिब ८ लाखलाई खोप लगाउन अझै बाँकी छ।

बिहीबार बेलुकासम्म दोस्रो चरणको ५१ प्रतिशतले खोप पाइसकेको डा. गौतमले बताए।

सरकारले दोस्रो चरणको खोप अभियान १० दिनसम्म सञ्चालन गर्ने जनाएको छ।

दोस्रो डोज पाउन अझै ढिलाई हुने

खोपको प्रभावकारीता हेर्दै सरकारले पहिलो डोज लगाएको ८ हप्तापछि दोस्रो खोपको डोज दिने जनाएको छ।

त्यसै अनुसार अब पहिलो चरणमा लगाएका ४ लाख भन्दा बढीलाई दोस्रो डोज दिनुपर्ने हुन्छ।

तर, सरकारसँग खोप छैन।

सरकारले खरिद गरेको बाँकी १० लाखको भर बसिरहेको छ।

५५ वर्षभन्दा मूनिका नागरिकलाई चैत्रबाट खोप दिने योजना बनाएको छ। त्यसैगरी, समयमा खोप नआउने हो भने पहिला खोप लगाएका नागरिकले दोस्रो डोज खोप लगाउन पनि ढिलाई हुने खतरा बढ्दै गएको छ।

डा. उप्रेतीका अनुसार सबैतिर खोपको माग बढ्दै गएकाले कम्पनीले समयमा नै खोप दिनसक्ने एकिन गर्न सकेको छैन।

‘हामीले बाँकी १० लाख डोज छिट्टै पठाउनका लागि आग्रह गरेका छौं। तर, कम्पनीले अझै केही दिन लाग्ने बताएको छ,’ डा. उप्रेतीले भने।
त्यसैगरी सरकारले ५५ बर्षभन्दा मूनिका नागरिकलाई चैत्रबाट खोप दिने योजना बनाएको छ।

खोप सुनिश्चिता नहुँदा खोप अभियान नै प्रभावित हुने हो कि भन्ने आशंका पैदा हुने थालेको मन्त्रालयका अधिकारी बताउँछन्।

मन्त्रालयले सेरम इन्ट्च्यिुटबाट नै थप ५० लाख डोज खोप खरिद गर्ने तयारी गरेको छ। तर, कम्पनिले चाडैं उपलब्ध गराउन नसक्ने बताउँदै आएको छ।

कोभ्याक्स अन्तर्गतको १९ लाख कोरोना खोप जेठमा आउने

कोभ्याक्स अन्तर्गतको १९ लाख कोरोना खोप जेठसम्म मात्रै आउने भएको छ।

कोभ्यासले पहिलो चरणमा ३ लाख ४८ हजार खोप दिएको थियो।

कोभ्यास अन्तर्गत नेपालले नि:शुल्क २२ लाख खोपको पाउने छ।

डा. उप्रेतीका अनुसार बाँकी खोप जेठमा दिने आश्वासन पाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *