बच्चालाई अवश्य सिकाउनुस् यस्ता बानी

बच्चालाई भगवानको रुप मानिन्छ। बच्चाले जुनकुरा दे‌ख्छ, सुन्छ उसलाई त्यही कुराले प्रभाव पारिरहेको हुन्छ।

बच्चालाई राम्रो बानी सिकाउने जिम्मा उसका आमाबुवाको हुन्छ। अभिभावकले बच्चालाई जस्तो सिकायो उसले त्यस्तै गरिरहेको हुन्छ।

त्यसैले बच्चालाई सानैदेखि राम्रा कुरा सिकाउनुपर्छ। हामीले सिकाएका राम्रा कुरा दिएको राम्रो संस्कार बच्चाको जीवनभर काम आउन सक्छ।

सानालाई माया गर्ने र ठूलाको आदर गर्ने बानी बच्चालाई सिकाउनु पर्छ। भाइ-बहिनी, छरछिमेकी सबैको सम्मान गर्नुपर्छ भनेर बच्चालाई सिकाउनुपर्छ।

केटी मान्छेको सबै आदर गर्नुपर्छ भन्ने ज्ञान दिनुपर्छ। त्यसो शिक्षा पाएको बच्चाले ठूलो हुँदा पनि महिला मान्छेप्रति सम्मानको व्यवहार गर्छ। केटी मान्छेलाई जिस्काउनु हुँदैन। अप्ठ्यारो पर्दा सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्छ।

धैर्यता पनि मानिसको सबै भन्दा ठूलो गुण हो। त्यस‍ैले बच्चालाई धैर्य बन्न सिकाउनुपर्छ। बच्चामा जे कुरामा पनि हतार गर्ने बानी हुन्छ। त्यसो गर्नु हुँदैन भनेर राम्रोसँग बुझाउनु पर्छ। रिसाउने वा झर्किने गर्नु हुँदैन।

बच्चामा आपसमा कुरा सेयर गर्ने बानीको विकास गराउनुपर्छ। यस्तो गर्दा कुनै समस्या हुँदा बच्चाले सहजै भन्न सक्छ। यसले सम्बन्धलाई पनि बलियो बनाउँछ।

बच्चालाई कुनै कुरा बाडेर खाने व्यवहार सिकाउनुपर्छ। रिसाउन हुन्न भनेर सिकाउनुपर्छ। सानैमा सिकाएका यस्ता बानीले मानिसलाई जीवनभर सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरिरहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय