शिवरात्रिका दिन भक्तपुरको डोलेश्वरमा अनिवार्य मास्क लगाउनु पर्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २७ गते ७:२६

शिवरात्रिका दिन भक्तपुरको डोलेश्वर महादेवमा जाने श्रद्धालुले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको संरक्षण तथा विकास समितिले जनाएको छ।

मन्दिरमा दर्शन गर्न भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा स्यानिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको महाशिवरात्री पर्व मूलसमितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष सूर्यबहादुर खाइतुले जानकारी दिए।

समितिले नागा बाबालाई मन्दिर परिसरमा धुनी जगाई बस्नका लागि दाउराको व्यवस्था गरेको छ। महाशिवरात्रि दर्शनका लागि भारत तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएको उनले बताए। नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तहरु आउने गरेको उनी बताउँछन्। ‘उनीहरुलाई परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेका छौं,’ उनले भने।

वार्षिक कार्यक्रम अनुसार शिवरात्रिका दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुल्ला हुने खाइतुले बताए। उक्त मन्दिरका चारै ढोका वर्षको तीन दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने गर्दछ।

यस्तै, सुरक्षा व्यवस्थाका लागि महानगरीय प्रहरी वृत्त जगातीबाट सुरक्षाकर्मी तथा विभिन्न संघसंस्थाबाट स्वयंसेवक परिचालन गरिने समितिले जनाएको छ।

नेपाली सेनाका चिकित्सक र नर्सहरुको स्वास्थ्य शिविर, नेपाल मानव सेवा संघले प्रसाद वितरण गर्ने छ। यस्तै, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र नेपाल मानव सेवा संघको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय