कोरोना खोपमा किन कोरोना भाइरस मिसाइन्छ?

कोरोना खोपमा कोरोनाकै भाइरस मिसाएको भन्दै खोप नलाएको गुनासो बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।

बुधबारको प्रेस विफिङमा डा. गौतमले यस्ता गुनासा बढ्दै गएको बताए।

त्यसलाई स्पष्ट पार्दै उनले खोपको माध्यमबाट शरीरलाई हानी नगर्ने निस्किय जिवाणु शरीरमा पठाइने बताए। उनले जुन रोगको खोप लगाइएको हो त्यसैको प्रतिरक्षा प्रणाली विकासका लागि यसो गरिने बताए।

यसकै कारण कोरोना खोप लगाएपछि रोगविरुद्ध लड्ने क्षमता विकास हुने उनले बताए।

यस्ता छन् नागरिकले मन्त्रालयलाई सोधिएका प्रश्न र प्रवक्ता डा. गौतमले दिएको जवाफ :

दिनको अन्त्यमा ६५ वर्षको मानिसलाई खोप लगाएर बाँकी रहेको दुई डोज भ्याक्सिन फाल्ने कि दोस्रो दिन प्रयोग गर्ने?

भ्याक्सिन खोलेको ६ घन्टापछि प्रयोग गर्न मिल्दैन। त्यसकारण सकभर १० जना मानिसहरू खोप केन्द्रमा आएपछि मात्र कोरोनाको भाइल खोल्ने गर्नुपर्छ।

यदि ८–९ जना भ्याक्सिनको भाइल खोल्न पर्यो भने दिनको अन्त्यमा एक–दुई डोज बाँकी रह्यो भने खोप खेर फाल्नुभन्दा अलिकम उमेरका जेष्ठ नागरिकलाई लगाएर सदुपयोग गर्नु उचित हुन्छ।

दोस्रो मात्राको खोप लगाउन जाँदा पहिलो खोप लगाएकै ठाउँमा जानुर्दछ कि जहाँ लगाउँदा नि हुन्छ?

पहिलो चरणको खोप जम्मा २ सय २२ केन्द्रबाट सञ्चालन गरिएको थियो। तर, हाल सम्पूर्ण सरकारी स्वास्थ्य संस्थालाई कोरोना खोपको केन्द्र बनाइएकोले पायक पर्ने स्वास्थ्य संस्थाबाट खोप लगाउन सकिन्छ।

खोप लगाएको कति दिनपछि रक्तदान गर्न मिल्छ?

कोरोना खोप लगाएको दुई हप्तापछि रक्तदान गर्न मिल्छ।

थाइराइड सम्बन्धि बिरामीले खोप लगाउन हुन्छ?

थाइराइड सम्बन्धि बिरामी भएका व्यक्तिले ढुक्कसँग कोरोना खोप लगाउन मिल्छ। थाइराइडजस्ता दीर्घरोग भएका व्यक्तिमा अन्य रोगीहरूको भन्दा प्रतिरक्षा प्रणाली कम हुने भएकाले यस्ता व्यक्तिमा कोरोना संक्रमणको जोखिम झ्नै बढि हुन्छ। त्यसैले ढुक्क भएर खोप लगाउन सकिन्छ।

कोरोना खोप लगाउँदा कोरोनाकै भाइरस शरीरमा पठाउने हुँदा सो खोप लगाएपछि कोरोना लाग्छ हो?

खोप बनाउँदा शरीलाई हानी नगर्ने निस्किय भाइरस प्रयोग गरेर भ्याक्सिन बनाइएको हुन्छ।

जुन रोगको लागि खोप लगाउने हो सोही रोगको निस्क्रिय जिवाणु खोपको माध्यमबाट शरीरमा पठाइन्छ।

र, त्यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकास गर्छ। कोरोना खोप लगाएपछि संक्रमण हुने होइन, संक्रमण विरुद्ध लड्ने क्षमता विकास हुने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय