कोरोना खोप लगाएपछि रक्तदान गर्न मिल्छ कि मिल्दैन?

नेपालमा कोरोना खोपको दोस्रो अभियान चलिरहेको छ। सरकारले सो अभियानमा ६५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई खोप लगाइरहेको छ।

खोप अभियानमा जेष्ठ नागरिकको सहभागिता राम्रो रहेको पाइएको छ।

स्वास्थ्य विभागको तथ्यांक अनुसार मंगलबार बेलुकासम्म ६ लाखभन्दा बढि जेष्ठ नागरिकले खोप लगाएका छन्। तर, केही व्यक्तिमा अझै पनि खोपप्रति आशंका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम सबै जेष्ठ नागरिकलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्छन्।

‘खोपले संक्रमणबाट जोगाउँछ। दीर्घरोगी तथा जेष्ठ नागरिकलाई कोरोना संक्रमण हुने जोखिम धेरै हुन्छ,’ डा. गौतम भन्छन्, ‘खोप लगाउँदा संक्रमण हुने जोखिम कम हुन्छ।’

डा. गौतमले मन्त्रालयको प्रेस बिफ्रिङमा कोरोना खोप लगाएको २ हप्तापछि रक्तदान गर्न मिल्ने बताए।

‘थाइराइड सम्बन्धि रोग भएका व्यक्तिले ढुक्कसँग खोप लगाउन मिल्छ। थाइराइड जस्ता दीर्घरोगमा रोग प्रतिरक्षा कम हुन्छ। उनीहरूले झनै अनिवार्य रूपमा खोप लगाउनुपर्छ,’ डा. गौतमले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय