थप १ सय ४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको छ।

बुधबार ९ सय ११ जना सक्रिय संक्रमित छन्।

पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३ हजार ४ सय ३८ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।

हाल ५५ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ६३ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी,३९ जना आइसियूमा सहित ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय