ह्याम्स प्रकरण : देवेन्द्रको दाहसंस्कार, परिवारले मेडिकल काउन्सिलमा उजुरी गर्ने

ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका देवेन्द्रबहादुर निरौलाको दाहसंस्कार गरिएको छ।

देवेन्द्रको उपचारका क्रममा अस्पतालको लापरबाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

मृतकका काका ज्ञानेन्द्र निरौलाले बुधबार तेह्रथुममा दाहसंस्कार गरिएको बताए।

‘हिजो पोस्मार्टम गरि हेलिकोप्टरबाट शव ल्याइयो,’ ज्ञानेन्द्रले हेल्थपोस्ट भने, ‘आज दाहसंस्कार गरिएको हो।’

पोस्माटर्मको रिपोर्ट आज बेलुकीसम्म आउने उनले बताए।

ज्ञानेन्द्रले महारागन्ज प्रहरी वृतमा ज्यान मार्ने अभियोगमा मुद्दा दायर गर‌िएको बताए।

‘हामीले प्रहरीमा ज्यान मार्ने मुद्दा दायार गरेका छौं। हिजो पोस्मार्टम तथा शव व्यवस्थापनको कामले मेडिकल काउन्सिलमा उजुरी दिन भ्याइएन,’ ज्ञानेन्द्रले भने, ‘अबको केही दिनमा मेडिकल काउन्सिलमा पनि उजुरी दर्ता गर्नेछौं।’

यसअघि प्रहरीले पोस्टमार्टम नगरी जाहेरी लिन मानेको थिएन।

तेह्रथुम फाक्चामाराका ४५ वर्षीय देवेन्द्रबहादुर निरौला गत आइतबार निधन भएको थियो।

निरौलाको स्वास्थ्य परीक्षणमा अल्सर देखिएको भन्दै अस्पतालले भर्ना गरेको थियो।

घाउ सुकाउने भन्दै औषधी चलाइएको र त्यसले छटपट्टी हुने तथा शरीरमा पोल्ने समस्या देखिएको आफन्तको आरोप छ।

शरीर पोल्ने समस्या देखिएपछि बिरामीलाई स्वास्थ्यकर्मीले निन्द्रा लाग्ने औषधी दिएका थिए।

गलत उपचार तथा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आफन्तले जनाएका छन्।

बिरामीको मृत्युपछि अस्पताल प्रसाशन र आफन्तबिच फागुन २३ छलफल भएको थियो।

छलफलमा दुवै पक्षले घटनाको छानबिन गर्न मेडिकल काउन्सिललाई अनुरोध गर्ने निर्णय गरेका थिए। तर, एकल रुपमा अस्पताल प्रशासन मेडिकल काउन्सिल पुगेको उनको आरोप छ।

सहमती बिपरीत अस्पताल प्रशासन एक्लै काउन्सिल पुगेको भन्दै पीडित पक्षले आपत्ति जनाएको छ।

‘मेकिडल काउन्सिलले पोस्टमार्टम र उपचारको रिर्पोट पठाउनु भनेर भनेको रहेछ,’ उनले भने, ‘ जसले अपराध गरेको छ। त्यसलाई रिर्पोट ल्याउन भनेपछि के सत्य दिन्छ र?।’

उनले अस्पतालले नै बुझाएको रिपोर्टले काउन्सिलबाट न्याय पाउने आसा नरहेको बताए।

नर्सले औषधीले निदाएको भन्थे : हिँडेरै ह्याम्स पुगेका देवेन्द्र कहिल्यै उठेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय