यसरी बन्दै छ स्वास्थ्यचौकीको ‘इमर्जेन्सी’ गाउँपालिकाको ग्यारेज (भिडियो सहित)

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २६ गते १३:०३

 

हुम्ला अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीको इमर्जेन्सी रुम मोटरसाइकल ग्यारेजमा परिणत भएको छ।

स्वास्थ्यचौकीको ठूलो हलमा गाउँपालिकाले जनप्रतिनिधिका मोटरसाइकल पार्किङका लागि ग्यारेज बनाउँदै छ।

एकापट्टी बिरामीको उपचार गरिने र अर्को पट‍्टी बाइक पार्किङ गर्ने गरी अहिले काठको भित्तो राख्ने काम भइरहेको छ।

गाउँपालिकाले अहिले १० थान मोटरसाइकल अस्पतालमा पार्किङ गर्दै आएको छ। पार्किङका लागि बनाइदै गरेको हलको भिडियो हेल्थपोस्टलाई प्राप्त भएको छ।

यो पनि,

स्वास्थ्यचौकीको ‘इमर्जेन्सी’ गाउँपालिकाको ग्यारेज, डाक्टर भन्छन्- बिरामी जाँच्ने कि बाइक!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय