निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा.विधाननिधी पौडेल

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा.विधाननिधी पौडेल नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।

कार्यकारी निर्देशकका लागि नाम सिफारिस समितिले मन्त्रिपरिषद्मा तीन जनामध्येबाट नाम पठाएको थियो।

सिफारिस समितिले डा पौडेलसहित डा दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो।

समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा पौडेल पहिलो स्थानमा थिए।

यसअघि निजामती अस्पतालको निर्देशकमा डा. दीर्घराज आरसी थिए।

निजामती अस्पतालको कार्यकारी निर्देशकमा ३ जना सिफारिश, डा. पौडेल अग्रस्थानमा

One thought on “निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा.विधाननिधी पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय