अब नेपालमा ८७० मात्रै सक्रिय कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय १५ जनाको पिसिआर परीक्षण भएकोमा थप ५९ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६० जना कोरोना संक्रमण मुक्त भएका छन्।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ।

कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत पुगेको छ।

पछिल्लो विवरणमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या ३ हजार १२ जना पुगेको छ।

मगंलबार ८ सय ७० जना संक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय