स्वास्थ्य सेवा ऐन परिमार्जन गर्न मन्त्रालयले माग्यो सुझाव

स्वास्थ्य सेवा ऐन र नियमावाली परिमार्जन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव माग गरेको छ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ परिमार्जन गर्नुपर्ने भन्दै सरोकारवालासँग सुझाव माग गरेको हो।

स्वास्थ्य मन्त्रालयले ७ दिन भित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्न आग्रह गरेको हो।

ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरूको सम्बन्धमा सुझाव पेस गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय