फर्मासिष्टले नामसहितको एप्रोन अनिवार्य लगाउनु पर्ने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ फागुन २५ गते १६:२७

फर्मासिष्ट तथा फार्मेसी सहायकले नामसहितको सेतो एप्रोन अनिवार्य रूपमा लगाउन पर्ने भएको छ।

नेपाल फार्मेसी परिषद्ले सूचना जारि गर्दै उक्त निर्देशन दिएको हो।

कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल रहेका फर्मासिष्ट र फार्मेसी सहायकले नामसहतिको परिषद्को दर्ता नम्बर अंकित एप्रोन लगाएर मात्रै औषधि बिक्री गर्न परिषद्ले निर्देशन दिएको छ।

परिषद्ले यसको उल्लंघन गरेमा आचरसंहिता पालना नगरेको मानिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय