कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य फेरि बिग्रियो, भेन्टिलेटरमा उपचार हुँदै

मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ।

शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई फेरि भेन्टिलेटरमा राखिएको उपचारमा खटिएका डाक्टर राजिव झाले बताए।

जोशीको फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

‘उहाँको अवस्था फेरि बिग्रिएको छ। बाहिर निकालिसकिएको व्यक्तिलाई फेरि भेन्टिलेटरमा राख्नुपरेको छ’, डा. झा भन्छन्।

जोशीको ब्लड प्रेसर भने पछिल्लो समय स्थिर रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय